Rule 27
पुन छात्रवृत्तिमा छनौट नगरिने
(१) छात्रवृत्तिमा छनौट भएको कुनै व्यक्ति छात्रवृत्तिमा नगएमा वा त्यस्तो व्यक्तिले ऐन वा यस नियमावली विपरीतको अन्य कार्य गरेमा निजलाई ऐन बमोजिम सजाय गरिनेछ ।
(१क) शिक्षा मन्त्रालयले छात्रवृत्तिमा नजाने वा ऐन बमोजिम सजाय पाएको व्यक्तिको विवरण अद्यावधिक गराई राख्नेछ ।
(२) उपनियम (१) बमोजिम सजाय पाएको व्यक्तिलाई पुन अर्को छात्रवृत्तिमा छनौट गरिने छैन ।